काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरस्थित जानकी मन्दिर पुगेर दर्शन गरेकी थिइन्। यस क्रममा उनले त्यहाँ पूजाअर्चना गरिन् ।
गत फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न भई परिणाम आएसँगै नयाँ सरकार बनाउने तयारी हुँदै गर्दा फुर्सदमा रहेकी प्रधानमन्त्री घुमघाम तथा तीर्थयात्रामा निस्केकी हुन्।
यसअघि बिहीबार उनी कर्णालीका विभिन्न स्थानसहित राराताल पुगेकी थिइन्।