सरकार गठनका लागि दलहरूको दौडधुप जारी

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी
राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
सरकार गठनका लागि दलहरूको दौडधुप जारी

काठमाडौं : नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप जारी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।

 

प्रतिक्रिया