लायन्स क्लबको सहयोगमा १५ शय्याको काेभिड एचडीयू वार्ड सञ्चालन

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
लायन्स क्लबको सहयोगमा १५ शय्याको काेभिड एचडीयू वार्ड सञ्चालन

मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा लायन्स क्लब अफ काठमाडौं, समर्पणको सहयोगमा बिहीबारदेखि १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालनमा आएको छ ।

लायन्स क्लब अफ काठमाडौं, समर्पणले दुई वटा हाईफ्लो मेसिन र ६ वटा बिआइएपी मेसिन कोभिड बिरामीहरूका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बन्सलले जानकारी दिए ।

कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु एचडियू वार्डमा उपलब्ध गराउने समर्पणले जनाएको छ ।

प्रतिक्रिया