मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

राम्रो अनलाइन     १७ फागुन २०८२, आइतबार
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । 

प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । 

उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठक साँझ ५ बजेलाई बोलाइएको हो ।  मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।

प्रतिक्रिया