मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त 

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त 

धनगढी, ६ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।
 

प्रतिक्रिया