दोहोरो अंकले घट्यो बजार, कारोबार रकम साढे आठ अर्बमाथि

राम्रो अनलाइन     २७ माघ २०८२, मङ्गलबार
दोहोरो अंकले घट्यो बजार, कारोबार रकम साढे आठ अर्बमाथि

काठमाडौं – धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० दोहोरो अंकले घटेको छ । मंगलबार (माघ २७) बजार १०.२५ अंकले घटेर नेप्से परिसूचक २६६२.१४ विन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार यस दिन ४६ कम्पनीको मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबार रकमका आधारमा आज आठ अर्ब ६१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हिजो (माघ २६) १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको किनबेच भएको थियो । 

३२४ कम्पनीको सेयर किनबेच हुँदा कालिन्चोक दर्शनको मूल्य सबैभन्दा बढी ६.६३ प्रतिशतले बढेको छ । यस्तै, अरुण भ्याली हाइड्रोपावर, आरबीबी–४० फोकस, आत्मनिर्भर लघुवित्त, एनआईबीएल ग्रोथ फन्डलगाय कम्पनीको मूल्य बढेको छ । 

प्रतिक्रिया