काठमाडौं – राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जर्सी सार्वजनिक गरेको हो । क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ ।
एक्सट्रिम इर्नजी ड्रिंक्सका अनुसार कम्पनीले दुई वर्षको लागि प्रायोजन गरेको हो । क्यान र कम्पनीबीच गत माघ २ गते नै सम्झौता भएको थियो । तर, बुधबार औपचारिक रूपमा एक्सट्रिम इर्नजी ड्रिंक्सले सम्झौताको बारेमा सार्वजनिक गरेको हो ।
अब नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्यान्डमा आगामी फेब्रुअरी १३ देखि सुरु हुने महिला एसिया कप राइजिङ स्टार्स पनि यही जर्सी लगाएर खेल्ने भएको छ । प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’सँग उद्घाटन खेल खेल्ने तालिका छ ।