काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा आइतबार (माघ ११) मध्याह्नसम्म २९८ मत खसेको छ ।
मध्याह्न १२ बजेसम्म २९८ मत खसेको मकवानपुरका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा जारी मतदानमा प्रदेशसभातर्फ ८१ मत खसिसकेको छ । प्रदेशसभाका १०४ मतदाता छन् ।
स्थानीय तहतर्फ २१७ मत खसेको उनले बताए । स्थानीय तहका २३४ मतदाता छन् । मतदान यसै दिन दिउँसो ३ बजेसम्मका निम्ति तोकिएको छ ।