पर्वले धर्म र संस्कृति संरक्षण तथा संवर्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

राम्रो अनलाइन     ०५ माघ २०८२, सोमबार

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संर्वधनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका थिए । 

सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको बताएका हुन् ।

सभापति थापाले सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक रूपमा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया