कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

राम्रो अनलाइन     ०४ जेठ २०७८, मङ्गलबार
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, ४ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।   
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । 
 

प्रतिक्रिया