एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी

राम्रो अनलाइन     ०३ पुस २०८२, बिहिबार
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी

सुर्खेत– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएका यामलाल कँडेल पार्टीको पदाधिकारीमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका एकमात्र नेता भएका छन् ।

कर्णाली प्रदेशबाट एमालेको पदाधिकारीमा पहिलोपटक उमेदवारी दिएका कँडेल ११८५ मत पाउँदै निर्वाचित भए । कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत रहेका कँडेल एमालेको इतिहासमा पहिलो पदाधिकारी हुन् । कँडेलले केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उमेदवारी दिएका थिए ।

कँडेलको राजनीतिक यात्रा

२०३६ सालमा किसान आन्दोलनबाट राजनीतिक यात्रा सुरु
२०४० शंकरदेव क्याम्पसमा अनेरास्ववियु उमेदवार, पराजित
०४२–४३ मा ९ महिना बन्दी जीवन
०४० देखि ०४६ काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील
०४९ मा सुर्खेत जिल्ला सचिव
०४९ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित
०५१ को मध्यावधि निर्वाचनबाबट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
०५१ मा एमाले भेरी अञ्चल सचिव
०५४ एमाले विभाजनपछि मालेमा आबद्ध, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
०५६ संसदीय निर्वाचनमा मालेको तर्फबाट उमेदवार, पराजित
०६४ मा संविधानसभा सदस्य निर्वाचित
०७० मा संविधानसभा सदस्य उमेदवार, पराजित
०७४(७९  प्रदेशसभा सदस्य सुर्खेत २ ९क० बाट निर्वाचित
हाल कर्णाली प्रदेशको मुख्यमन्त्री ।

प्रतिक्रिया