एमाले अध्यक्षमा ओली विजयी

राम्रो अनलाइन     ०३ पुस २०८२, बिहिबार

काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् ।

ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

एमालेको नवौँ पदाधिवेशनबाट ओली पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता उनले लगातार पार्टी नेतृत्वमा चुनाव जितेका छन् ।

प्रतिक्रिया