गाउँपालिकाका प्रमुख यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

राम्रो अनलाइन     ०३ जेठ २०७८, सोमबार
गाउँपालिकाका प्रमुख  यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

इनरुवा, ३ जेठ : एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए । 
 

प्रतिक्रिया