ओली समूहमा रहेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

राम्रो अनलाइन     ०१ पुस २०८२, मङ्गलबार
ओली समूहमा रहेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । 

बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए । तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।

उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ । शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।

प्रतिक्रिया