काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गरेका छन्।
मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन्। सो अवसरमा उनले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताए। उनले भने, “हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । अन्य क्षेत्र विकास निर्माणभन्दा मन्त्रालय मातहतका निकाएका समस्या समाधान गर्ने पहल गर्छौँ ।
मन्त्री सिन्हाले सबै कर्मचारीहरु सङ्घको साथ सहयोगमा मन्त्रालयका काम कारबाही अगाडि बढाउने जानकारी गराए ।