एनपिएलमा ३६ अर्धशतक

राम्रो अनलाइन     २३ मंसिर २०८२, मङ्गलबार
एनपिएलमा ३६ अर्धशतक

काठमाडौँ–राजधानीमा  जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३६ पुगेको छ । आज सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले  ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३६ पुगेको हो । उनले आज विराटनगर किङ्सकाविरूद्ध ४४  बलमा १ छक्का र  ३  चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक समेत हो । 

यस सिजनमा ३६ अर्धशतक गर्ने २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई  अर्धशतक हिर्काएका छन् ।

यस्तै , सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस,  मार्टिन गुप्टिल,  बसिर अहमद, पोखराका  सुमित बर्मा, जिमी निशम , रिसि धवन, चितवनका  डेविड मलान र अर्जुन  साउद, काठमाडौँं गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ,  कर्णालीका मार्कवाट, लुम्बिनीका  डार्सी  सर्ट, जनकपुर  बोल्ट्सका  वायन पार्नेल,  माज सदाकत, अनिल शाह र  आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।
 
कर्णालीका मार्कवाट  र पोखराका  एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।  

प्रतिक्रिया