प्रधानमन्त्री कप क्रिकेट छनोटः कैलपाल विजयी

राम्रो अनलाइन     २८ कात्तिक २०८२, शुक्रबार
प्रधानमन्त्री कप क्रिकेट छनोटः कैलपाल विजयी

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोटअन्तर्गत आज भएको खेलमा कैलपाल क्रिकेट क्लब विजयी भएको छ । कैलपालले पाटन एकता समाजलाई ६ विकेटले हराएको हो । 

पाटनले दिएको १३३ रनको लक्ष्य कैलपालले १७ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि म्यान अफ दी म्याच भएका सन्तोष चन्दले अर्धशतकीय पारी खेले । उनले ५१ रन बनाए । यस्तै प्रदीप चन्दले ४० रनको योगदान दिए । बलिङतर्फ पाटनका किशोर बयानीले ३ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटनले २७ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनायो । उसका लागि लक्ष्मण कार्कीले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ कैलपालका केशव नाथले ३ तथा आकाश चन्द र अमर चन्दले दुई दुई विकेट लिए ।

आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५०  हजार पुरस्कार प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । 

प्रतिक्रिया