माधव समूहका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थायी कमिटिको निर्णय

राम्रो अनलाइन     ३० वैशाख २०७८, बिहिबार
माधव समूहका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थायी कमिटिको निर्णय

काठमाडौं : नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।  बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रतिक्रिया