यसरी मुक्त हुँदैछन् युद्धबन्दीहरू

राम्रो अनलाइन     २७ असोज २०८२, सोमबार
यसरी मुक्त हुँदैछन् युद्धबन्दीहरू

काठमाडाैं –  हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो । हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ ।

बन्दीका आफन्त, परिवार तथा हजारौं इजरायली र अन्तर्राष्ट्रिय समुदाय उनीहरूको प्रतीक्षामा बसिरहेका थिए । बन्धकहरूलाई इन्टरनेसनल कमिटी अफ द रेडक्रसमार्फत एक विशेष इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) टोलीलाई हस्तान्तरण गरिएकाे हाे । 

स्वास्थ्य जाँपछि मुक्त भएका बन्दीहरूलाई रेडक्रसले दक्षिणी इजरायलमा रहेको सैन्य आधार शिविरमा बुझाउनेछ। त्यसपछि उनीहरूलाई पारिवारिक भेटघाट गर्न दिइने। कसैलाई तत्कालै चिकित्सकीय आवश्यकता देखिएमा उनीहरूलाई सिधै हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइनेछ।

यी हुने हमासले मुक्त गरेका  बन्दीहरू, जहाँ नेपाली युवा बिपिन जोशीको नाम भने छैन । 

Bar Kupershtein

Evyatar David

Yosef-Chaim Ohana

Segev Kalfon

Avinatan Or

Elkana Bohbot

Maxim Herkin

Nimrod Cohen

Matan Zangauker

David Cunio

Eitan Horn

Matan Angrest

Eitan Mor

Gali Berman

Ziv Berman

Omri Miran

Alon Ohel

Guy Gilboa-Dalal

Rom Braslabski

Ariel Konio

प्रतिक्रिया