काठमाडौं– लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ र लियो क्लब अफ काठमाडौंले संयुक्त रूपमा १५ र १६ सेप्टेम्बर २०२५ मा कलिमाटी प्रहरी कार्यालयमा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा १०० जना प्रहरीलाई भोजन व्यवस्था गरिएको थियो।
देशव्यापी जेन–जी आन्दोलनका कारण उत्पन्न भएको अव्यवस्थाबीच क्लबले सामाजिक उत्तरदायीत्वअन्तर्गत भोजन वितरण कार्यक्रम गरेको हो। कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एलका फस्र्ट भिडिजी लायन तारा भुषाल, कोचीफ एड्भाइजर लायन भष्कर श्रेष्ठ, एडिसनल प्रोजेक्ट मेनेजर लायन राजेश श्रेष्ठ, क्लब सेकेण्ड भाइस प्रेसिडेन्ट लायन सुरज कार्की, क्लब सेक्रेटरी लायन सबिता कसपाल श्रेष्ठ तथा लियो सदस्य पुजन खड्का, अविषेक दललकोटी र नविद इस्माइलको सक्रिय सहभागिता रहेको थियो।









