सुरक्षाकर्मीबाट लुटिएका गोलीगठ्ठा र पोशाक फिर्ता गर्न एपीएफको आग्रह

राम्रो अनलाइन     २९ भदौ २०८२, आइतबार
सुरक्षाकर्मीबाट लुटिएका गोलीगठ्ठा र पोशाक फिर्ता गर्न एपीएफको आग्रह

काठमाडौं– सशस्त्र प्रहरी बलले हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा केही व्यक्ति तथा समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हात हतियार, गोलीगठ्ठा, पोशाक, संचार साधन लगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरु फिर्ता गर्न अनुरोध गरेको हो ।

पोशाक लगायतका सुरक्षा सामग्रीहरु दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा अझै फोटोरभिडियो देखिएकाले कहीं कतै प्रयोग गरेको र लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरीको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
आन्दोलनमा नियन्त्रणमा लिएका सामनहरु फिर्ता हुने क्रममा रहेको जनाउँदै फिर्ता गर्नेहरुलाई सशस्त्रले धन्यवाद समेत दिएको छ।

बाँकी रहेका सामग्रीहरु कहीं कतै प्रयोग गरेकोरलुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बल, नेपालको कार्यालयमा सम्पर्क गर्न अथवा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नं. १११४ वा अन्य सुरक्षा निकायहरुमा जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया