नेपाली सेना र जेनजी समूहबीच आज वार्ता

राम्रो अनलाइन     २६ भदौ २०८२, बिहिबार
नेपाली सेना र जेनजी समूहबीच आज वार्ता

काठमाडौं– नेपाली सेना र जेनजी समूहबीच स्थगित भएको वार्ता बिहीवार बस्ने भएको छ ।

बुधवार तोकिएको छलफल जेनजी पक्षभित्रै नेतृत्व कसले गर्ने भन्ने विवादमा अल्झिँदा टरेको थियो । सेनाले भने जेनजी समूहलाई आन्तरिक सहमति जुटाएर वार्तामा आउन आग्रह गर्दै आएको थियो ।

जंगी अड्डामा भएको मतभेदका कारण हिजो सम्भव नभएको वार्ता आजका लागि सारिएको हो । जेनजी समूहले वार्तामा सहभागी हुने नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पनि कार्कीलाई समर्थन गरेको सार्वजनिक रूपमा बताएका छन् ।यसबीच, जेनजी आन्दोलन प्रारम्भ भएदेखि हालसम्म ३० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया