खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ, जेन्जीको माग पनि सम्बोधन गरौं : योगेश भट्टराई

राम्रो अनलाइन     २५ भदौ २०८२, बुधबार
खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ, जेन्जीको माग पनि सम्बोधन गरौं : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले उत्तेजनामा आएर गरिने निर्णयले सहि ठाऊँमा नपुर्‍याउने बताएका छन्। यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा भएको बताउँदै उनले देश र समाज भयानक अस्थिरतामा रहेको उल्लेख गरेका छन्।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्‍याउँदैन’ उनले भने।

उनले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु रहेको बताए । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सपन्न गर्ने अठोट गर्न आह्वान गरे । जेन्जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे।

उनले विकसित घटनाक्रमलाई लिएर १० बुँदामार्फत सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्।
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेषण गरौं, हामीबाट भएका कमजोरीको समिक्षा गरौं । ग़ल्तीप्रति आत्मालोचित होऔ । 
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होशियारीपूर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् । 
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं । 
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतस् पारदर्शी र लोकतान्त्रिक बनाऔं । 
५. जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं । 
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँयार बाँया नजाऔं । 
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौ । 
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔं । 
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं । 
१०. जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं । 
नेपाल बचाऔ 
नेपालीत्व जोगाऔ ।

प्रतिक्रिया