माइतीघरमा अव्यवस्थाविरुद्ध जेनजी प्रदर्शन

राम्रो अनलाइन     २३ भदौ २०८२, सोमबार
माइतीघरमा अव्यवस्थाविरुद्ध जेनजी प्रदर्शन

काठमाडौं–भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी) हरुले प्रदर्शन सुरु गरेका छन् ।

उनीहरु स्वतःस्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।

पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् । जेनजीले पार्टी निकटका भ्रातृ संस्थालाई आउन रोक लगाएका छन् ।

प्रतिक्रिया