कस्तो रहला देशभरको मौसम?

राम्रो अनलाइन     २२ भदौ २०८२, आइतबार
कस्तो रहला देशभरको मौसम?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको सिक्किम आसपास पानी पार्ने प्रणाली बनेको बताएको छ। त्यसको प्रभाव नेपालको पूर्वी भूभागमा पनि पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

यद्यपि मनसुनको न्यूनचापीय (पानी पार्ने प्रणाली) रेखा पूर्वमा सरदर स्थानमै छ। पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर अवस्थित छ। आइतबार दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया