रौतहटको रोडमा सुटकेशभित्र भेटिएको शवको पहिचान

राम्रो अनलाइन     ०८ भदौ २०८२, आइतबार
रौतहटको रोडमा सुटकेशभित्र भेटिएको शवको पहिचान

हेटौँडा– रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा भेटिएको महिलाको शव पहिचान भएको छ । उनी ३५ वर्षीया रुबिकुमारी साह भएको खुलेको हो ।

शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो। उनी रौतहट, माधवनारायण–६ कि हुन् र भारत मुजफ्फरपुरमा विवाह गरेर गएकी हुन् । बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् ।

पति भारतमै बस्ने बुझिएको छ । उनको हत्या भएको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले बताए ।

प्रतिक्रिया