जनकपुरधामकी अनुप्रिया ठाकुर आफुलाई गौरवशाली मान्छिन् । जसरी जनकपुरको आफ्नै विभिन्न कला र विशेषता रहेको छ, उनी पनि आफूमा भएको कलामार्फत परिवर्तनका लागि आवाज बन्न चाहन्छिन् । सानै छँदा मिस नेपालबारे जानकारी पाएकी उनले ठुलो भएर मिस नेपलाको मञ्च पुग्ने लक्ष्य राखेकी थिइन् । तर, जब उनी ठुली भइन्, उनले मिस नेपाल केबल सुन्दरताको तथा पहिरनको प्रतियोगितामा मात्रै नभई जिम्मेवारी र उद्देश्य रहेको थाहा पाइन् । उनी धेरै व्यक्तिहरूसम्म पुग्न मिस नेपालमा सहभागी भएको बताउँछिन् । ‘जसरी जनकपुरको आफ्नै विभिन्न कला र विशेषता छ म पनि आफुमा भएको कलामार्फत परिवर्तनका लागि आवाज बन्न मिस नेपालमा सहभागी हुने निर्णय गरेको हुँ ।’

