कांग्रेस बागमती दलको नेता लामाविरूद्धको विश्वासको मत पारित

राम्रो अनलाइन     १३ साउन २०८२, मङ्गलबार
कांग्रेस बागमती दलको नेता लामाविरूद्धको विश्वासको मत पारित

काठमाडौं– मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा विरूद्धको विश्वासको मत पारित भएको छ।

आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्।

प्रतिक्रिया