आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

राम्रो अनलाइन     २३ असार २०८२, सोमबार
आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडाैं– आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। 

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा रोकेको हो।

चिकित्सक संघको आह्वानमा चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनीहरूको चेतावनी छ। 

प्रतिक्रिया