सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू बाहिरिए

राम्रो अनलाइन     ०८ असार २०८२, आइतबार
सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू बाहिरिए

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गर्दै बाहिरिएका हुन्।

रास्वपाका अनुसार दुई तिहाइको दम्भ सुन्नभन्दा सदन नै बहिष्कार गर्द उचित ठानिएको हो। शनिबार पनि रास्वपाले सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गरेको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले २६ दिनदेखि सदनमा अवरोध गर्दै आएको छ।

प्रतिक्रिया