‘बजेट जनमुखी छ’

राम्रो अनलाइन     ०६ असार २०८२, शुक्रबार
‘बजेट जनमुखी छ’

काठमाडौँ–खानेपानीमन्त्री प्रदीप यादवले सरकराले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन्।

आज यहाँ आयोजित जनता समाजवादी पार्टीको प्रथम सङ्घीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो  भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ ।” 

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए। 

उनले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया