नेपाली शान्ति सैनिकको अदलीबदली

राम्रो अनलाइन     ०३ असार २०८२, मङ्गलबार
नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ–संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।
 
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । 
   
यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए । हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया