काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार नेपालसहित जग्गा हिनामिना प्रकरणका जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। नेपालसँगै पूर्वमन्त्री, पूर्वसचिव लगायत ९२ जना यसमा जोडिएका छन्।
नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वत: निलम्बनमा परेको छ।