गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै नेकपा एमाले

राम्रो अनलाइन     १५ जेठ २०८२, बिहिबार
गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै नेकपा एमाले

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाउँदै छ । 

एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाउन लागेको हो । उक्त पार्टीले आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई जानकारी दिए ।  

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी हुनेछ ।  यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको थियो । भृकुटीमण्डमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुनुहुने प्रचार विभाग प्रमुख गौतमले बताए । 

प्रतिक्रिया