काठमाडौं- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।
सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए । सांसद राईसमेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।