काठमाडाैं – नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना दोस्रो दिन पनि जारी छ । गएराति ८ बजे रोकिएको मतगणना बिहान पुनः सुरू गरिएको छ ।
मंगलबार बिहान ८ बजेपछि सुरू भएको मतगणनामा बाग्लुङको नतिजा प्राप्त भएको छ। प्राप्त नतिजामा सत्ता गठबन्धन निकट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर अझै बढाएका छन् । मिश्रले ७६२ मत ल्याउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले ४५९ मत पाएका छन्।
श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि छन् । महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ७६८ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३९४ मत पाएका छन् । बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो ।