सरकारले ल्याएकाे अध्यादेश दुवै सदनबाट पारित हुन्छ: प्रधानमन्त्री

राम्रो अनलाइन     ०२ फागुन २०८१, शुक्रबार
सरकारले ल्याएकाे अध्यादेश दुवै सदनबाट पारित हुन्छ: प्रधानमन्त्री

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वकाे टाेलीहरूसँगको भेटमा ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन्।

प्रधानमन्त्री ओलीसँग प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीले भेटेका थिए। साेही भेटमा  एक नेताले भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ भन्ने जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले स्वीकृत हुने जबाफ फर्काएका थिए। 

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिँदा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूचीमा परेको छैन।

प्रतिक्रिया