शानदार मःममा भएको आगलागीमा दुईजनाको मृत्यु

राम्रो अनलाइन     २९ माघ २०८१, मङ्गलबार
शानदार मःममा भएको आगलागीमा दुईजनाको मृत्यु

 

काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। सोमबार राति उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो। ग्यास चुहावटका कारण आगलागी हुँदा मःम पसलका ११ जना कर्मचारी घाइते भएका थिए। नौ जना घाइते सोही अस्पतालमा उपचाररत छन् ।

आगलागी माघ २४ गते बिहान भएको थियो।

प्रतिक्रिया