मोरङमा विद्यार्थी बोकेको गाडी पल्टिँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान विद्यार्थी बोकेर कलेज जाँदै गरेको गाडी सुनवर्सी नगरपालिकाको भेडुवाथानमा पल्टिएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ ।
बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले बताएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।