ब्याल्क ड्रेसमा खुलेकी ‘ब्रेन विथ ब्युटी’

राम्रो अनलाइन     २४ माघ २०८१, बिहिबार
ब्याल्क ड्रेसमा खुलेकी ‘ब्रेन विथ ब्युटी’

‘ब्रेन विथ ब्युटी’ अभिनेत्रीमा पर्छिन् केकी अधिकारी । सामाजिक र राजनीतिक घटनाक्रममा उनी जति प्रखर धारणा राख्छिन्, उति नै तीक्ष्ण छ उनको अभिनय । उनको अभिनय करिअरले १२ वर्ष नाघेको छ र यसबीचमा केकीले ३२ फिल्ममा काम गरिन् । डिस्कोग्राफीको सूची पनि लामै छ । २०६८ सालमा डेब्यु फिल्म ‘स्वर’ रिलिज हुँदा केकीको जुन चमकता थियो, दशकपछि पनि त्यो मादकता उस्तै छ । अभिनय, अध्ययन र विचारको हिसाबमा बेजोड केकीको पछिल्लो फिल्म ‘प्रसाद २’ मा उनले लैंगिक र जातीय रुपमा विभेदको सिकार बनेकी महिला पात्र नारायणीको भूमिका निर्वाह गरेकी थिइन्। ‘वास्तविक जीवनमा जस्ती छु, उस्तै चरित्रलाई फिल्ममा निर्वाह गर्न पाउँदा निकै खुसी छु,’ केकी भन्छिन्। अभिनयसँगै फेसन सेन्स केकीको अर्को पक्ष हो । रेडकार्पेट होस् या पब्लिक सेरेमोनी, यी सबै जमघटको पहिरन सेन्स उत्कृष्ट लाग्छ । अभिनय, विचार र फेसनकी त्रिवेणी केकी पछिल्लो छिमलकी व्यस्त कलाकार हुन् । तस्बिर : केकी अधिकारीको फेसबुक पेजबाट

प्रतिक्रिया