काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट, १४ जना घाइते

राम्रो अनलाइन     २४ माघ २०८१, बिहिबार
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट, १४ जना घाइते

 

काठमाडौं – काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विस्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया