ओलीलाई अविश्वास गर्नुपर्ने कारण छैन: देउवा

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
ओलीलाई अविश्वास गर्नुपर्ने कारण छैन: देउवा

 

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन्।

पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै उनलाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताए। देउवाले भने, 'वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दु:ख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो। झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन।'

दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने उनको भनाइ छ। उनले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको पनि दाबी गरे। उनले भने, 'दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन्। अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्छ। दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ।

 

प्रतिक्रिया