नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन

राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन

नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् । संघको वैशाख ३ गते बसेको ४८९ औं बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा चयन गरेको हो ।

सदस्यमा चयन भएपछि उनले विज्ञापन बजारमा भएको बेथेतिलाई समाधान गरी संस्थागत सुसासन र विकासमा योगदान पुर्‍याउने बताए । सुवेदी झन्डै दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् ।

प्रतिक्रिया