एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमै बिक्री

राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमै बिक्री

एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड-२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदका लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने समय वैशाख १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया