उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

राम्रो अनलाइन     ०३ माघ २०८१, बिहिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

 

काठमाडौं- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। 

बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

प्रतिक्रिया