कुशलले युएईको आइएलटी–२० खेल्ने

राम्रो अनलाइन     ११ पुस २०८१, बिहिबार
कुशलले युएईको आइएलटी–२० खेल्ने

 

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले युएईको ट्वान्टी–२० फ्रेन्चाइज लिग खेल्ने भएका छन् ।

कुशललाई डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आइएलटी)को तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मंगलबार भाइपर्सले सामाजिक सञ्जालमार्फत कुशललाई अनुबन्ध गरेको जानकारी गरायो ।

कुशल नेदरल्यान्ड्सका अलराउन्डर वास डे लिडेको स्थानमा टोलीमा समावेश हुन लागेका हुन् । भर्खरै सम्पन्न नेपाली फ्रेन्चाइज ट्वान्टी–२० लिग नेपाल प्रिमियर लिग(एनपिएल)मा २० वर्षिय कुशलले चितवन राइनोजको नेतृत्व गरेका थिए । उनको कप्तानीमा चितवनले प्लेअफमा स्थान बनाएको थियो ।

कुशलले ३९ एकदिवसीय र ४७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

प्रतिक्रिया