किन मनाइन्छ ‘क्रिसमस डे’?

राम्रो अनलाइन     १० पुस २०८१, बुधबार
किन मनाइन्छ ‘क्रिसमस डे’?

 

काठमाडौं- क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ। हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ। नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ। 

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।
 
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ। यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ।

यसरी मनाइयो क्रिसमस

क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो। सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो। त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन। त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो। यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो। त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो।

कथा यस्तो छ

क्रिसमसको कथा आजभन्दा करिब २ हजार वर्षअघिको हो। बाइबलमा उल्लेख भएअनुसार त्यसबेला रोम शासन थियो। रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए। जिससले जन्मका लागि एक कुमारी कन्य म्यारी छनौट गरे। म्यारीकहाँ एक देवदुत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ।’ उनले उक्त पुत्र पछि राजा हुने पनि बताए।

जुन दिन जिससको जन्म हुनेवाला थियो। त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए। त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो। उनीहरुले बस्ने ठाउँ पाएनन्। त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे। त्यही जिससको जन्म भयो। यही कथालाई आधार मानेर क्रिसमस मनाइन्छ।

क्रिसमस ट्रि, झिलिमिली, शान्त क्लज र उपहार

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन्। यसबेला घरघरमा क्रिसमसमा रुख सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरू गरिन्छ। के पनि भनाइ छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन्। त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ।

शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ। यस पर्वको खास विशेषता भनेको क्रिसमस रुख, शान्त क्लज र उपहार नै हो। यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ।

प्रतिक्रिया