काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्ता असार मसान्तसम्ममा सकिन लागेको समयसीमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले सरकारसमक्ष प्राविधिकहरूको सकिन लागेको दरवन्दीको समयसीमा थप गर्न जोडदार माग गरे । प्राविधिकलाई राज्यले दायित्व भन्दापनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाइ छ ।
नेपाल इन्जिनियरिङ एसोसियसनको आगामी ३३ कार्यकारी समितिका महासचिव पदका प्रत्यासी महासचिव डा. शंकर ढकालले ५ वर्ष बढि कार्यअनुभव बटुलेका प्राविधिकहूको सम्मान गर्नुपर्नेमा जोड दिए । प्राविधिकलाई तिरस्कृत नगरेर राखेका जायज माग पूरा गर्नुपर्ने उनको भनाइ थियो ।