कस्तो रहला विहीबार देशभरको मौसम?

राम्रो अनलाइन     ०४ पुस २०८१, बिहिबार
कस्तो रहला विहीबार देशभरको मौसम?

 

काठमाडौं- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बिहीबार बिहान कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा अहिले हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया