भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्च अदालतकाे आदेश

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्च अदालतकाे आदेश

 

काठमाडाैं – उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामै राख्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँले आफूहरूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै झा र थापालाई थुनामै राख्न आदेश दिएको हो। उनीहरूलाई गत भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो।

प्रतिक्रिया